September 17, 2021, Friday
१ आश्विन २०७८, शुक्रबार

दुई कम्पनीको १६ लाख ६७ हजार कित्ता बोनस सेयर नेप्सेमा सुचिकृत,

दुई कम्पनीको १६ लाख ६७ हजार कित्ता बोनस सेयर नेप्सेमा सुचिकृत,

असार २१,काठमाडौं ।

दुई वटा कम्पनीको सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुचीकृत भएको छ । नेप्सेका अुनसार सांग्रिला डेभलपमेन्ट बैंक र  मिर्मिरे लघुवित्त वित्तिय संस्थाको १६ लाख ६७ हजार ७६८.५५ कित्ता बोनस सेयर सूचीकृत भएको हो  ।

Advertisement

जसमा सांग्रिला डेभलपमेन्ट बैंकको १३ लाख ३ हजार ३२०.२० कित्ता र मिर्मिरे लघुवित्तको ३ लाख ६४ हजार ४४८.३५ कित्ता बोनस सेयर रहेको छ । दुवै कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट यो बोनस सेयर वितरण गरेका थिए । सोही बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।