March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

दोहोरो अंकले घटेको बजारमा कारोवार ४ अर्बमा सिमित, कुन कम्पनीले बढी गुमाए त बजारमा ?

असार २१, काठमाडौं ।

Advertisement

लगातार ओरालो लाग्दै आएको सेयरबजारमा सोमबार दोहोरो अंकको गिरावट आएको छ। नेप्से परिसूचक ११ दशमलव ७८ अंकले घटेर २ हजार ८ सय २२ दशमलव ७३ अंकमा झरेको छ । आज ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ०.०४ अंकले घटेर ५२८.४२ विन्दुमा कायम भएको छ।

Advertisement

नेप्से परिसूचकसँगै सोमबार कारोबार रकममा समेत गिरावट आएको छ । आइतबार ५ अर्ब माथिको काराबोर भएकोमा सोमबार ४ अर्ब ५८ करोड २२ लाख १२ हजार ५ सय ७९ रुपैयाँको कारोबार भएको छ । आज नेप्सेमा  कूल २२४ वटा कम्पनीका एक करोड ६३ हजार ६३६ कित्ता सेयर ५२ हजार ८४६ पटक खरिद-बिक्री भएका थिए।

समूहगत रुपमा हेर्दा  ब्यापार समूह १३२, उत्पादनत २३१ र अन्य समूह ८ अंकले बढे। बैंकिङ ७, होटल तथा पर्यटन ५९, विकास बैंक १०२, जलविद्युत ५३, फाइनान्स ५७, निर्जीवन बीमा १५६, माइक्रोफाइनान्स ३४ र जीवन बीमा १३६ अंकले घटेका छन् ।

 

यस दिन विशाल बजार कम्पनीको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ। सो कम्पनीको मूल्य ५ हजार ८७९ कायम भएको छ। त्यस्तै हिमालयन डिस्टिलरीको मूल्य ८ प्रतिशतले बढेर प्रतिकित्ता ५ हजार ६८५ रुपैयाँ पुगेको छ।

छ्याङ्दी हाइड्रोपावरको मूल्य ७ प्रतिशतले बढेर ४५७ रुपैयाँ कायम भएको छ। त्यस्तै सिइडिबी हाइड्रोपावरको मूल्य ५ प्रतिशतले बढेर ६५४ रुपैयाँ कायम भयो। राष्ट्रिय बीमा कम्पनी संस्थापक समूहको मूल्य ५ प्रतिशतले बढेको छ।

यस दिन गोर्खा फाइनान्सको मूल्य सबैभन्दा धेरै ६ प्रतिशतले घटेको छ। त्यस्तै कर्णाली विकास बैंकको मूल्य ५ प्रतिशतले घटेको छ। यता,  गुह्येश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको सेयरमूल्य ४.७३ प्रतिशतले घटेको छ ।

हिमालयन डिस्टिलरीको यस दिन सबैभन्दा धेरै ४१ करोड रुपैयाँको सेयर किनबेच भयो।  त्यस्तै माथिल्लो तामाकोसीको १९ करोडको कारोबार भयो भने नेपाल बैंकको १५ करोडको सेयर किनबेच भयो ।