April 25, 2024, Thursday
१३ बैशाख २०८१, बिहीबार

म्याद सकिएको एटीएमबाट ३४ लाख रुपैयाँ निकाल्ने २ जना पक्राउ

म्याद सकिएको एटीएमबाट  ३४ लाख रुपैयाँ निकाल्ने २ जना पक्राउ

असार २१, काठमाडौं ।

Advertisement

म्याद सकिएको एटीएम कार्ड प्रयोग गरेर ३४ लाख रुपैयाँ निकाल्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोलुखुम्बु घर भई काठमाडौंको भत्केको पुलमा बस्ने ५७ वर्षीय जगत बहादुर गुरुङ र पर्सा घर भई भत्केको पुल बस्ने ३० वर्षीया सावित्री गुरुङ रहेका छन् ।

Advertisement

उनीहरुले सिद्धार्थ बैकको विभिन्न स्थानमा रहेको एटिएम मेसिनबाट यक्सापायर भएको डेबिट कार्डबाट ३४ लाख ३५ हजार निकालेका थिए । सिद्धार्थ बैकको एटीएमबाट पैसा चोरी भएको उजुरी परेपछि महानगरीय प्रहरी परिसर काठमाडौबाट विशेष टोली परिचालन गरी उनीहरुलाई भत्केको पुलबाट पक्राउ गरिएको हो ।

म्याद सकिएको कार्डबाट चाबहिल, कालोपुल, हात्तिसार भाटभटेनीमा रहेको एटीएम बुथबाट पटकपटक गरी ३४ लाख ३५ हजार रकम निकालेको महानगरीय प्रहरी परिसरले जनाएको छ ।प्रहरीले उनीहरुको साथबाट २१ लाख नगद र लोइड भिषा डेबिट कार्ड लण्डनको एटीएमकार्ड समेत बरामद गरेको छ । उनीहरुले रकम झिक्न प्रयोग गरेको लोइड भिषा डेबिट कार्डको म्याद सकिएको प्रारिम्भक अनुसन्धानबाट खुलेको छ ।

प्रहरी अधिकृतका अनुसार उनीहरुले एक्सपायर भएको एटीएम सुरुमा सिद्धार्थ बैकको एटीएम बुथमा पैसा झिक्न प्रयास गरेका थिए । खातामा पैसा नभएपनि एटीएमबाट पैसा आएपछि उनीहरुले काठमाडौंको अन्य एटीएम बुथमा गएर सोही एटीएम प्रयोग गरी रकम निकालेको खुल्न आएको छ ।