September 17, 2021, Friday
१ आश्विन २०७८, शुक्रबार

थप २६ सय २२ जनामा कोरोना संक्रमण पुष्टि,२३ जनाको को मृत्यु

थप २६ सय २२ जनामा कोरोना संक्रमण पुष्टि,२३ जनाको को मृत्यु

असार २१, काठमाडौं ।

पछिल्लो २४ घण्टामा थप २ हजार ६२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ४९९ नमुनाको पीसीआर परीक्षण गर्दा १ हजार ७४५ र ४ हजार २८ एन्टिजेन परीक्षण गर्दा ८७७ गरी २ हजार ६२२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ४६ हजार ३६७ पुगेको छ ।

Advertisement

सोही अवधिमा कोरोना संक्रमणका कारण थप २३ जनाको को मृत्यु  भएको छ। यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार २ सय ४८ पुगेको छ। यस्तै  २४ घण्टामा २२११ जनामा कोरोना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार हाल देशभर रहेका २५ हजार ६९० सक्रिय संक्रमितमध्ये २२ हजार ९९८ जना होम आइसोलेसनमा रहेका छन् । यस्तै संस्थागत आइसोलेसनमा २ हजार ६९२ जना रहेका छन् । तीमध्ये ५७१ जनाको आईसीयू र १८० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।