September 25, 2021, Saturday
९ आश्विन २०७८, शनिबार

जेष्ठ नागरिकहरुलाई केरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो डोज आजदेखि

जेष्ठ नागरिकहरुलाई केरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो डोज आजदेखि

काठमाडौं । सरकारले जेष्ठ नागरिकहरुलाई केरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो डोज आजदेखि लगाउने भएको छ ।
स्वास्थ्य सेवा विभागको खोप शाखाका अनुसार भेरोसेल खोपको पहिलो मात्रा लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई दोस्रो डोज दिन लागिएको हो ।

सरकारले गत जेठ २५ गतेदेखि २९ गतेसम्म भेरोसेलको पहिलो मात्रा देशभर दिएको थियो । भेरोसेलको पहिलो डोज लगाएका ज्येष्ठ नागरिक ३ लाख ७० हजार रहेका छन् । त्यसबाहेक भेरोसेलको पहिलो डोज लगाएका तर विविध कारणले दोस्रो डोज लगाउन छुटेका अन्य उमेर समुहका नागरिकलाई पनि दोस्रो डोज दिइने बताईएको छ ।

Advertisement

अबको एक महिनाभित्र झण्डै ५० लाख डोज खोप चिन र अमेरिकाबाट आउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । नेपालमा अहिले खोप लगाउने उमेर सहुका २ करोढ ९ लाख जनसंख्या छ । तर सबै नागरिकको लागि खोप व्यवस्थापन गर्न सरकारले सकेको छैन ।