September 23, 2021, Thursday
७ आश्विन २०७८, बिहीबार

हट्यो जोरविजोर प्रणाली, स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य

हट्यो जोरविजोर प्रणाली, स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य

काठमाडौं उपत्यकामा कोरोना भाइरस नियन्त्रणका लागि लागू गरिएको निजी तथा सार्वजनिक सवारी साधनमा लगाईएको जोर बिजोर प्रणाली आजबाट हटेको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको अस्ति बसेको संयुक्त बैठकले १० दिन निषेधाज्ञा थप गदै आजबाट लागू हुने गरी जोर बिजोर प्रणाली हटाउने निर्णय गरेसँगै आजबाट जोरविजोर प्रणाली हटेको हो । यसअघि २५ सिट क्षमता भन्दा बढीका सवारी साधन मात्रै चोर बिजोरका आधारमा संचालन गर्न दिइएको थियो । यस्तै, सवारी साधनको मध्य भागमा दुईतर्फी यात्रुहरु छुट्याउने गरी प्लास्टिकको छेकबार लगाउनुपर्नेछ ।

जोर बिजोर प्रणाली हटेसँगै अब सबै सवारी साधन स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर सञ्चालन गर्न सकिने छ । सार्वजनिक यातायातमा सिट क्षमता भन्दा बढी यात्रु राख्न पाइने छैन । आजैबाट सफा टेम्पो, निलो माइक्रो सहित सबै प्रकारका सार्वजनिक सवारी सञ्चालनमा आएका छन् ।
आगामी ३१ गतेसम्म जारी निषेधाज्ञामा सभा तथा सम्मेलन गर्न भने पाइने छैन । स्कूल, कलेज सञ्चालनमाथिको प्रतिबन्ध पनि कायमै छ । देशभर कोरोना संक्रमण बढेसँगै काठमाडौं उपत्यकामा गत बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ ।

Advertisement