March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

सुनको मूल्य ३०० रुपैयाँले बढ्यो, तोलाको कति ?

असार २२, काठमाडौं ।

Advertisement

नेपाली बजारमा सुनको मूल्य बढेको छ । सोमबारको तुलनामा आज सुनको मूल्य ३०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार हुने भएको छ ।

Advertisement

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार हुने भएको छ । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।

सोमबार प्रतितोला १ हजार ३२५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३३० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।