March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

समयमै काम सम्पन्न नगर्ने १५ निर्माण व्यवसायी र आपूर्तिकर्ता कालोसूचीमा

समयमै काम सम्पन्न नगर्ने १५ निर्माण व्यवसायी र आपूर्तिकर्ता कालोसूचीमा

असार २२, काठमाडौं ।

Advertisement

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतमा रहेको सार्वजनिक खरिद अनुगमनको कार्यालयले १५ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ ।कार्यालयले समयमै काम सम्पन्न नगर्ने निर्माण व्यवसायी र आपूर्तिकतालाई  कालोसूचीमा राखेको हो ।

Advertisement

पूजा ट्रेडिङ एण्ड अर्डर सप्लायर्स हेटौंडा, शैलुङ इन्टरप्राइजेज प्रालि खुमलटार र मुक्तिनाथ कृषि कम्पनी गैरीधारालाई दुई वर्षसम्म अन्य १३ वटालाई एक वर्षसम्म कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।

फ्रेन्ड्स अर्विट कन्स्ट्रक्सन सर्भिसेज, हिमालय कन्स्ट्रक्सन, सन्देश सौगात ट्रेड सप्लायर्स, चुन चुन फार्मेसी,  गुरा निर्माण सेवा, कमला पोलिथिन एण्ड प्लास्टिक इन्ड्रस्टिज, अम्बा स्टोर, निजर स्टिल फर्निचर उद्योग, न्यू सिद्ध देउराली ट्रेडर्स, सोयाङ निर्माण सेवा र  एसपी निर्माण सेवालाई १ वर्षका लागि कालो सूचीमा राखिएको छ ।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सूचना प्रकाशन भएको मिती देखी लागु हुने गरी निर्माण व्यवसायी/आपुर्तिकर्तालाई कालोसूचीमा राखिएको हो ।कालो सूचीमा परेकाहरुले कालोसूचीमा राखिएको अवधिभरसम्म सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउँदैनन् ।