March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

लुम्बिनी विकास बैंकको ३ लाख ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

असार २२, काठमाडौं ।

Advertisement

लुम्बिनी विकास बैंक लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकका  संस्थापक सेयरधनीहरूको नाममा रहेको ३ लाख ५० हजार कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।

Advertisement

बैंकले एक सूचना जारी गर्दै केही संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको संस्थापक सेयर बिक्री गर्न निवेदन दिएका हुनाले उक्त सेयरहरू बिक्री गर्न लागेको जनाएको छ । नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम संस्थाका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिइएको छ ।

संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर बैंकको मुख्य कार्यालय, डिल्लीबजार, काठमाडौँमा आइपुग्ने गरी निवेदन दिन आग्रह गरेको छ ।