April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

फेरि बढ्यो इन्धनको मूल्य, नयाँ मूल्य कति ?

फेरि बढ्यो इन्धनको मूल्य, नयाँ मूल्य कति ?

काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको फेरी मूल्यवृद्धि गरेको छ । गएराती १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपियाँ तथा एलपी ग्यास प्रतिसिलिन्डर २५ रुपियाँले वृद्धि भएको निगमले जनाएको छ ।

Advertisement

त्यस्तै हवाई इन्धन आन्तरिक उडानतर्फ प्रतिलिटर दुई रुपियाँले वृद्धि भएको छ । नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १२९ रुपियाँ, डिजेल-मट्टीतेल प्रतिलिटर ११२ रुपियाँ र एलपी ग्यास प्रतिसिलिन्डर एक हजार ४२५ रुपियाँ कायम भएको छ ।

Advertisement

यस्तै हवाई इन्धन आन्तरिक उडानमा प्रतिलिटर ८४ रुपियाँ कायम भएको छ । निगमले हवाई इन्धन (अन्तर्राष्ट्रिय उडान) तर्फ प्रतिकिलोलिटर अमेरिकी डलर १९ ले वृद्धि गरी नयाँ बिक्री मूल्य ७५४ अमेरिकी डलर कायम गरेको छ ।

हाल अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पछिल्लो तीन वर्षकै उच्च रहेको निगमले जनाएको छ । अमेरिकी डलरको तुलनामा नेपाली रुपियाँको अवमूल्यन हुने क्रम नरोकिएको र अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि अझै भइरहने हो भने आगामी दिनमा समेत मूल्य समायोजन गर्नुपर्ने बाध्यता रहेको निगमले विज्ञप्तिमार्फत जनाएको छ ।

नेपाल आयल निगमबीच सञ्चालन हुँदै आएको स्वचालित मूल्यसूची प्रणालीअनुसार हरेक १५-१५ दिनमा पेट्रोलियम पदार्थको मूल्य समायोजन हुने गरेको छ । निगमले असार ९ गते मूल्य वृद्धि गरेको थियो ।