September 23, 2021, Thursday
७ आश्विन २०७८, बिहीबार

जापानमा कामदार पठाउँन मोडालिटी चेन्ज गरिदै

जापानमा कामदार पठाउँन मोडालिटी चेन्ज गरिदै

पुस १३, काठमाडौं ।
नेपालीहरुका लागि आकर्षक गन्तव्यको रुपमा रहेको जापानमा नेपाली कामदार रोजगारीकै लागि पठाउने सम्बन्धमा औपचारिक सम्झौता भएको झण्डै नै महिना पछि त्यस्को मोडालिटी चेन्ज हुने भएको छ ।
पूर्व श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र नेपालका लागि जापानी राजदुत मासामिची साईगो विच गत चैंतमा भएको सम्झौता अनुसार नेपाली कामदार भाषा परिक्षमा कमजोर देखिएपछि त्यस्को मोडालिटी चेन्ज गर्ने मनस्थितीमा सरकार पुगेको हो ।
जापान फाउण्डेसन नामक संस्थाले कात्तिक र मंसिरमा लिएको भाषा तथा सीप परीक्षामा ५ सय ९ जना सहभागी भएकामा ५६ जना मात्र उत्तीर्ण भए । भाषा र सीप सिकेका सबैले परीक्षा दिनै पाएका छैनन् । परीक्षामा सहभागी गराउनै चिठ्ठा प्रणाली लागू गरियो । एक त भाषा सिकेका सबैजना परीक्षामा सहभागी हुनै नपाउने र सहभागीमध्ये पनि ११ प्रतिशत मात्र उत्तीर्ण हुनुले जापानको रोजगारीबाट लाभ दिलाउन सरकारी भूमिका फितलो देखिएको छ । त्यो भएरपनि सरकार मोडालिटी चेन्ज गर्ने मनस्थितीमा पुगेको हो ।
जापान सरकारले एक वर्षअघि सीपयुक्त आप्रवासी कामदारलाई आवासीय भिसासम्म दिने घोषणा गरी नेपाललाई पनि कामदार आपूर्ति गर्ने स्रोत मुलुकमा राखेको थियो । त्यसपछि काठमाडौं लगायत देशका प्रमुख शहर र जिल्ला सदरमुकाममा समेत जापानी भाषा पढाउने इन्स्िटच्युट च्याउजसरी उम्रिए । भाषा र सीप सिकाउने नाममा आफूखुशी शुल्क असुलेर कक्षा संचालन गरिरहेका छन् । तर भाषा तथा सीप परीक्षाको नतिजा निकै निराशजनक आएपछि छनोट प्रक्रिया नै फेर्नुपर्ने निष्कर्षमा वैदेशिक रोजगार विभाग पुगेको छ । त्यसो त अहिलेसम्म न भाषा र सीप परीक्षाको मापदण्ड बनाइएको छ, न कामदारको कोटा नै तोकिएको छ । जापानले कामदार आपूर्ति गर्ने स्रोत मुलुकको रुपमा राखे पनि कस्तो जनशक्ति पठाउने र आफ्ना नागरिकको बढीभन्दा बढी सेवा सुविधा तथा हक सुरक्षित गर्ने भन्नेतर्फ नेपाल सरकारले ध्यान दिन सकेको छैन ।
नेपालीले जापानमा कृषि, नर्सिङ केयर, सवारी साधान मर्मत सम्भार, खाद्य सेवा उद्योग, निर्माण उद्योग, खाद्य पदार्थ र पेय पदार्थ उत्पादन, आवास उद्योग, मेसिनरी पार्ट उद्योग, माछा मार्ने र माछा पालन उद्योथ, औद्योगिक उपकरण उद्योग, इलेक्टिक, इलेक्ट्रोनिक्स र सूचना प्रविधि उद्योथ, विल्डिङ सरसफाइ व्यवसाय, जहाज र जहाज पाटपूर्जा उद्योग एवं हवाई उद्योगमा श्रमिक लिने सम्झौता गरेको छ ।

Advertisement