August 5, 2021, Thursday
२१ श्रावण २०७८, बिहीबार

आरविवि म्युचुअल फण्डको विक्री आजदेखि, सर्वसाधारणलाई ८ करोड ५० लाख इकाई विक्री गरिने

आरविवि म्युचुअल फण्डको विक्री आजदेखि, सर्वसाधारणलाई ८ करोड ५० लाख इकाई विक्री गरिने

असार २३, काठमाडौं । आरविवि म्युचुअल फण्ड १ ले आज (बुधवार)देखि १० करोड इकाई विक्री खुला गरेको छ । आरविवि मर्चेण्ट बैकिङ लिमिटेड अन्तर्गत सञ्चालन हुने गरी आरविवि म्युचुअल फण्ड १ ले उक्त इकाई विक्री खुला गरेको हो ।

निष्कासन गरिने कुल इकाईमध्ये १ करोड ५० लाख इकाई कोष प्रर्वद्धक राष्ट्रिय वाणिज्य बैंकलाई र इकाई योजना व्यवस्थापक आरविवि मर्चेण्ट बैंकिङ लिमिटेडलाई सुरक्षित गरी बााँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणको लागि विक्री गर्न लागिएका हो ।

लगानीकर्ताहरुले न्यूनतम १०० कित्तादेखि अधिकतम एक करोड कित्ता खरिद गर्न सक्नेछन् । नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सि–आस्वा सेवामा सहभागी सबै बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सकिनेछ । इक्रा नेपालले कोष प्रर्वद्धकलाई एनपी ए प्लस रेटिङ दिएको छ ।

कोष प्रवद्र्धकले योजनाद्वारा बिक्री गर्ने कुल एकाई रकमको १३ प्रतिशत तथा योजना व्यवस्थापकले दुई प्रतिशत रकम बिज पूँजीको रुपमा लगानी गर्ने जनाएको छ । छोटोमा इकाइ बिक्री असार २७ गते बन्द हुने बैंकले जनाएको छ ।

७ वर्षे अवधिको उक्त फण्डको इकाईमा आवेदकले धितोपत्र बोर्डबाट आस्बा सेवा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर एपबाट आवेदन दिन सकिने छ ।