March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

जीवन विकास लघुवित्तको आईपिओ बाँडफाँड, कसले कति पाए शेयर ?

जीवन विकास लघुवित्तको आईपिओ बाँडफाँड, कसले कति पाए शेयर ?

असार २३, काठमाडौं ।

Advertisement

विकास लघुवित्तले निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ । असार ११ गतेदेखि १५ गतेसम्म निष्काशन भएको लघुवित्तको साधारण शेयर असार २३ गते बुधबार लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलको कार्यालय नागपोखरीमा बाँडफाँड भएको हो । बिक्री प्रबन्धकका अनुसार कम्पनीको आईपीओ योग्य २० लाख १८ हजार ३०८ जनामा गोलाप्रथाको माध्यमबाट बाँडफाँट गरिएको हो ।

Advertisement

कुल योग्य आवेदकहरु मध्येबाट १ लाख ८४ हजार ८०१ जनाले १० कित्ताका दरले हात पारेका छन् भने यी मध्ये ५ जनाले थप एक कित्ताका दरले ११ कित्ता शेयर हात पारेका छन् । कम्पनीले  सार्वजनिक निष्कासन मार्फत १८ लाख ४८ हजार १५ कित्ता शेयर विक्री गरेको हो । धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका बमोजिम सबै आवेदकलाई न्यूनतम १० कित्ताका दरले शेयर बाँडफाँट गर्नुपर्ने व्यवस्था बमोजिम कम्पनीको आईपीओ बाँडफाँट भएको हो । यस आईपीओमा २० लाख ८७ हजार ३१७ जनाको आवेदन परेको थियो । कुल आवेदकमध्ये ६९ हजार ९ जनाको आवेदन रद्द भएको छ ।

कम्पनीले सर्वसाधारणका लागि छुट्याइएको १९ करोड ७७ लाख ३० हजार बराबरको १९ लाख ७७ हजार ३०० कित्ता आईपीओमध्ये शून्य दशमलव ५ प्रतिशत दरको ३० हजार ४२० कित्ता कर्मचारीहरु र ५ प्रतिशत दरको ९८ हजार ८६५ कित्ता सामुहिक लगानी कोषको लागि बाँडफाँट गरेको छ । कम्पनीको जारी पूँजी  ६० करोड ८४ लाखको ३२ दशमलव ५० प्रतिशत शेयर सर्वसाधारणमा विक्री गरेको हो ।