September 25, 2021, Saturday
९ आश्विन २०७८, शनिबार

सहारा विकास बैंकद्वारा ५.३२ % लाभांश प्रस्ताव

सहारा विकास बैंकद्वारा ५.३२ % लाभांश प्रस्ताव

असार २३, काठमाडौं ।

सहारा विकास बैंक लिमिटेडले विगत तीन आर्थिक वर्षको सञ्चित मुनाफाबाट कुल ५ दशमलव ३२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको मंगलवार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ०७४/ ७५, ०७५/ ७६ र ०७६/ ७७ को सञ्चित मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ५ दशमलव शून्य ५ प्रतिशत बोनस शेयर र बोनस शेयर कर प्रयोजनका लागि शून्य दशमलव २७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

Advertisement

हाल कम्पनीको चुक्तापूँजी रू. २७ करोड २२ लाख ७० हजारको आधारमा उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।