September 28, 2021, Tuesday
१२ आश्विन २०७८, मंगलवार

दुई कम्पनीको ६ लाख ८७ हजार ५९५ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

दुई कम्पनीको ६ लाख ८७ हजार ५९५ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

असार २३, काठमाडौं ।

Advertisement

बुधबार दुई  ओटा अलग अलग कम्पनीको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । महिला सहयात्रा लघुवित्त वित्तीय संस्था र नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको हो ।

Advertisement

महिला सहयात्राको १ लाख ३३ हजार १ सय कित्ता र नेशनल माइक्रोफाइनान्सको ५ लाख ५४ हजार ४९५.०२ कित्ता बोनस शेयर सूचीकृत भएको छ । सूचीकृत शेयर बिहीबारदेखि धितोपत्रको दोस्रो बजारमा खरीद बिक्री गर्न सकिनेछ । सम्बन्धीत कम्पनीको बोनस शेयर साधारण सभाका लागि बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहेका लगानीकर्ताले पाउनेछन् ।

नेशनलले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट संस्थाका शेयरधनीहरूलाई २१ प्रतिशतले हुन आउने ५ लाख ५४ हजार ४९५ दशमलव ०२५ कित्ता बोनस शेयर अनुमोदन गरेको थियो ।

विसं २०७७ चैत्र ५ गते धादिङ्गबेसीमा सम्पन्न भएको संस्थाको सातौं वार्षिक साधारण सभाले चुक्ता पूँजीको २१ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । साधारण सभा र लाभांश प्रयोजनका लागि संस्थाले फागुन १४ गते एक दिनका लागि बुकक्लोज गरेको थियो । त्यसैले फागुन १३ गतेसम्म नेप्सेमा कायम शेयरधनीहरुले मात्र उक्त लाभांश पाउनेछन् ।

यसैगरी महिला सहयात्राको पनि आर्थिक वर्ष २०७६/७७ को नाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशतले हुन आउने १ लाख ३३ हजार १०० कित्ता बोनस शेयर साधारण सभाबाट पारित भएको थियो ।

विसं २०७७  चैत्र १८ गते मकवानपुरमा सम्पन्न भएको संस्थाको आठौँ वार्षिक साधारण सभाले उक्त बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । साधारण सभा र लाभांश प्रयोजनका लागि संस्थाले चैत १ गते एक दिनका लागि बुकक्लोज गरेको थियो । त्यसैले फागुन २९ गतेसम्म नेप्सेमा कायम शेयरधनीहरुले मात्र उक्त लाभांश पाउनेछन् ।