September 25, 2021, Saturday
९ आश्विन २०७८, शनिबार

सकियो ओली नेपाल वार्ता, निस्केन निष्कर्ष

सकियो ओली नेपाल वार्ता, निस्केन निष्कर्ष

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच बुधबार साँझ भएको वार्ता सकिएको छ । दोस्रो तहका नेताहरुले ओली र नेपाल दुवैबाट संयुक्त वक्तव्य (सन्देश) जारी गर्ने गरी वार्ताको वातावरण बनेको बताएपछि भएको वार्ता बुधबार नै ठोस सहमतिमा पुग्न सकेको छैन् ।
वार्तामा सहभागी दोस्रो तहका नेताहरुले ओली र नेपालबीच भेटवार्तामा सकारात्मक कुराकानी भएको बताएका छन् । स्रोतका अनुसार ओली र वरिष्ठ नेता नेपालबीच भएको छलफल पार्टी र सरकारको जिम्मेवारी वाँडफाँटमा पुगेर अल्झिएको छ । नेता नेपालले उठाएको एक व्यक्ति एक मुख्य जिम्मेवारीका विषयमा अध्यक्ष ओली छलफल गर्न तयार नदेखिएको स्रोतको भनाइ छ ।

दोस्रो तहका नेताहरुको आग्रहमा पार्टी एकताका लागि भन्दै यी दुई नेताहरु छलफल गर्न तयार भएका थिए । तर सहमति भने कुनै ननिस्केको स्रोतको दाबी छ । कुरा मिले आजै सहमतिको खाका तयार पार्ने भन्दै उपाध्यक्ष भीम रावल, पार्टी महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे पनि छलफलस्थल पुगेका थिए । उनीहरु समेत कुनै सहमतिमा नपुगेपछि निराश भएर फर्किएका छन् ।

Advertisement