September 28, 2021, Tuesday
१२ आश्विन २०७८, मंगलवार

नेप्सेमा दुई कम्पनीको बोनस शेयर सूचीकृत

नेप्सेमा दुई कम्पनीको बोनस शेयर सूचीकृत

असार २४, काठमाडौं ।

Advertisement

नेप्सेमा दुई ओटा कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । बिहीवार  एभरेष्ट इन्स्योरेन्स कम्पनी र सिभिल लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको हो ।

Advertisement

एभरेष्ट इन्स्योरेन्सको ८ लाख ७६ हजार ७४४ कित्ता बोनस शेयर र  सिभिल लघुवित्तको ८१ हजार ८७६ दशमलव ७९५ प्रतिशत बोनस शेयरसूचीकृत भएको हो । यी दुवै कम्पनीको बोनस शेयर हितग्राही खातामा आएपछि लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् ।

सिभिल लघुवित्तले गत चैत ५ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ३ दशमलव ५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो भने एभरेष्ट इन्स्योरेन्स कम्पनीले जेठ १० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ८ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।