शुरुवाती ब्यावसाय आयोजना अर्थमन्त्रालयले हेर्ने, व्यवसाय गर्न १ प्रतिशत ब्याजमा ऋण दिइने
राष्ट्रिय योजना आयोगले हेर्दे आएको शुरुवाती ब्यावसाय अव अर्थमन्त्रालयले आफू मातहत ल्याएर योजना अगाडि बढाएको छ । शुरुवाती ब्यावसाय गर्नको लागि भनेर युवालाई ऋण दिने कार्यक्रमा ल्याएको सरकारले ओजना आयोगमा कार्यक्रम थन्किएपछि आफूमातहत ल्याएर नयाँ कार्यविधि बनाएको छ । यस अगाडि आयोगबाट कोरोना लगायत विभिन्न कारण देखाउँदै कार्यक्रम अगाडि बढ्न सकेको थिएन । कार्यक्रम अगाडि बढनु पर्नेमा निजी क्षेत्रले दवाव दिइनै रहेको थियो । आयोगले अर्थतीर आयोजना लैजानको लागि प्रेरित गर्दै आएको थियो ।
ढिला सुस्तीका बिच झण्डै ६ सय जना युवाले शुरुवाती ब्यावसाय संचालनको लागि दिएको आवेदन आयोगको दराजमा थन्किएर बसेको यो आयोजना अन्तत अर्थमन्त्रालय आफैले हेर्ने भएको छ । अर्थ मन्त्रालयले आफ्नै अगुवाइमा कार्यविधि निर्माण समेत गरेको छ । अर्थका सहसचिव महेश भट्टराईको नेतृत्वमा निजी क्षेत्रको समेत प्रतिनिधि हुनेगरी कार्यदलले नयाँ कार्यविधी बनाएको छ ।
अर्थले आगामी आवको बजेटमा शुरुवाती व्यवसायसम्बन्धी आइडियाको योजना नै उल्लेख गरेको छ । सोहीअनुसार कार्यविधि समेत निर्माण भएको हो । बजेट कार्यक्रममा शुरुवाती बिजनेस परियोजना धितो राखी एक प्रतिशत ब्याजदरमा २५ लाख रुपैयाँसम्म बीउ पुँजी कर्जा उपलब्ध गराइने भनिएको छ ।
यसका लागि अर्थले १ अर्ब रुपैयाँको च्यालेन्ज फण्ड स्थापना गर्ने छ । कामदारलाई तीन महिनाको न्यूनतम पारिश्रमिकबराबरको अनुदान उपलब्ध गराई कार्यस्थलमा आधारित तालिम सञ्चालन गर्न १ अर्ब रुपैयाँ बजेटमा छुट्याइएको छ । यसरी तालिम प्राप्त गर्ने प्रशिक्षार्थी कामदारलाई आधारभूत तालिम दिई सोही उद्योगमा न्यूनतम २ वर्षको रोजगारी सुनिश्चित गर्ने व्यवस्था मिलाइने गरी आयोजना अगाडि बढाउन लागिएको हो ।
कार्यविधिअनुसार १५ क्षेत्रमा स्टार्टअप व्यवसाय सञ्चालन गर्न सकिने भएको छ । यस्ता छन् सुरुवाती व्यवसाय सञ्चालन गर्न पाइने क्षेत्र –
- विज्ञान, सूचना प्रविधि तथा सञ्चारमा आधारित उद्यम,
- निर्माण कार्यसँग सम्बन्धित उद्यम,
- निर्देशक समितिले तोकेको अन्य उद्यम
- परम्परागत प्रविधि वा उत्पादन प्रक्रियाको सुधारसँग सम्बन्धित
- अटोमोबाइलसँग सम्बन्धित उद्यम (मर्मतसम्भारबाहेक),
- कृषि तथा पशुपन्छीमा आधारित उद्यम,
- स्वास्थ्य सेवासँग सम्बन्धित उद्यम,
- वन (जडीबुटी, वन पैदावार) मा आधारित उद्यम,
- वैकल्पिक ऊर्जा उत्पादन तथा वितरणसँग सम्बन्धित उद्यम,
- शिक्षा तथा शिक्षण सिकाइसँग सम्बन्धित उद्यम (परामर्शदाता, ट्युसन सेन्टर, कोचिङ् क्लास, भाषा सिकाइबाहेक),
- घरायसी वा दैनिक जीवनयापनलाई सरल, सहज, सुरक्षित बनाउन सहयोग पुग्ने उद्यम,
- वातावरण संरक्षण तथा फोहोरमैलाको व्यावसायिक व्यवस्थापनसँग सम्बन्धित उद्यम,
- सहज र सुरक्षित यातायात तथा पारवहन सेवासँग सम्बन्धित उद्यम,
- पर्यटन प्रवद्र्धन तथा मनोरञ्जन र अतिथि सत्कारसँग सम्बन्धित उद्यम,
- उद्यम, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसँग सम्बन्धित उद्यम,
प्रतिकृया दिनुहोस्