September 17, 2021, Friday
१ आश्विन २०७८, शुक्रबार

देशभारका मालपोत कार्यालय अनलाइन प्रणालीमाः कस्को जग्गा कति, केन्द्रबाटै पत्ता लाग्ने

देशभारका मालपोत कार्यालय अनलाइन प्रणालीमाः कस्को जग्गा कति, केन्द्रबाटै पत्ता लाग्ने

भूमि व्यवस्थापन तथा अभिलेख विभागले देशभरका १२६ वटै मालपोत कार्यालयहरुलाई अनलाइन प्रणालीमा जोडेको छ । मालपोतमा हुने कारोवारलाई प्रभावकारी बनाउँनको लागि विभागले देशभरका सबै कार्यालयलाई अनलाइन प्रणलीमा लगिएको विभागका निर्देशक तथा प्रवक्ता गुरुदत्त सुवेदीले बताए ।
२०७२ साउन २५ मा काठमाडौंको कलंकी मालपोत कार्यालयबाट सुरु भएको अनलाइन प्रणाली करिब ६ वर्षको अवधिमा देशभरका सबै मालपोत कार्यालयमा असार २३ गतेबाट लागू भएको हो । नयाँ ब्यावस्था लागू भएपछि अव नयाँ पुरानो ठण्डा प्रणालीको अन्त्य भएको छ । अब नागरिकता नम्बर राख्नेबित्तिकै एउटै व्यक्तिको नाममा देशभर कुनकुन ठाउँमा कति जग्गा छ भन्ने कुरा केन्द्रमा बसेर नै पत्ता लगाउन सकिन्छ । यसअघि कसैले लुकाएर राखेको जग्गा छ भनेपनि यो प्रणालीले सहजै पत्ता लगाउने विभागको दाबी छ । सबै कार्यालय अनलाइनमा जोडिएसँगै अबदेखि जग्गाको हदबन्दी कार्यान्वयन गर्न समेत सहज हुने छ ।
त्यस्तै, सबै मालपोतमा अनलाइन प्रणाली लागु भएपछि अर्कै नाममा भएको जग्गा किनबेच हुने काम बन्द भएको छ । अब किनबेच हुने सबै जग्गाका जग्गाधनीको हस्ताक्षरसंगै फोटो, औंठा छाप र मोबाइल नम्बर पनि प्रणालीमा इन्ट्री गरिएको हुुने हुँदा

यो प्रणालीमा जग्गा किनबेच गर्दा कम्प्युटरले फोटो, हस्ताक्षर र औंठा छाप पनि रुजु गरेपछि मात्रै खरिद बिक्री हुनेहुन्छ । यसले अर्कैको जग्गाको नक्कली पुर्जा र नक्कली जग्गाधनी खडा गरेर किनबेच गर्न सकिदैन् ।

Advertisement