March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

परीक्षा संचालनमा कानून मिचेपछि वाणिज्य बैंकका ४०४ जना कर्मचारीको जागिर चट्

सार्वजनिक संस्थानमा बेतिथी कतिसम्म हुन्छ, भन्ने कुराको उदाहरण पछिल्लो सयम राष्ट्रिय वाणिज्य बैंकमा देखिएको छ । राज्यको नियम कानून मिचेर आफूखुशी जागिर खुवाएपछि बेतिथी बाहिर आएको हो । यसैको परिमाण राष्ट्रिय वाणिज्य बैंकमा आन्तरिक तथा खुला तथा समावेशी तर्फ पाँचदेखि नौं तहसम्म परीक्षा दिई जागिर खाएका ६६१ जनामध्ये ४०४ जना कर्मचारीको जागिर गुमेकोे छ । कर्मचारीको माग र युनियनको सुझाव नसुनी उच्च ब्यावस्थापनले एकलौटी निर्णय गर्दा जागिर पाएको र बढुवा भएको जागिर पनि घुमाउनु परेको छ । लोकसेवा आयोगलाई नै आफू अनुकुल प्रभावति पार्दे वाणिज्य बैंकमा संसोधित विनियमावली तयार गरेर परीक्षा सञ्चालन गर्दा परीक्षार्थीहरुको जागिर गुमेको हो ।

Advertisement

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघका अध्यक्ष हेमराज सुवेदी लगायत अन्य संघ र कर्मचारी गरी ८ जनाले सर्वोच्च अदालतमा गरेको रिटमा परीक्षाहरु रद्ध भएका हुन् । राष्ट्रिय वाणिज्य बैंक लिमिडेडको कर्मचारी सेवा नियमावली २०७० (चौथो संशोधन २०७५) तथा सो चौथो संशोधन विनियमावलीमा भएको उमेरको हद लागू हुने, आन्तरिक र खुलातर्फ एउटै शैक्षिक योग्यता लागू हुनुपर्ने, चार वर्षको सेवाअवधिले आफुहरुलाई असर पारेको भन्दै २०७६ बैशाख १९ गते सर्वोच्चमा मुद्दा दायर गरेका थिए । एक सातापछि असार १७ गते उक्त मुद्दामा अन्तरिम आदेश दिँदै मुद्रा प्रकृया आगडि बढाउन सर्वोच्चले स्वीकृति दिएको थियो ।

Advertisement

उत्त मुद्रा माथि बहस हुँदा ती कर्मचारीको जागिर गुमेको हो । अन्यको जागिर गएपनि चौथो तहमा प्रवेश गर्ने नव प्रवेशीहरुको विरुद्धमा कुनैपनि मुद्दा नभएकाले २५७ जनाको जागिर भने बचेको छ । लोक सेवा आयोगको असार २१ गते सम्पन्न बैठकले सर्वोच्चको २०७७ मंसिर १७ मा भएको फैसला बमोजिम २०७५ चैत २२ मा सूचना प्रकाशित भई सञ्चालन भएका तह पाँचदेखि देखि नौं तहसम्मका आन्तरिक प्रतियोगिता, खुला तथा समावेशी तर्फका लिखित परीक्षाहरु रद्द गरेको हो ।

बैंकले रिक्त रहेको बरिष्ठ प्रबन्धक, प्रबन्धक, उप प्रबन्धक, सहयाक प्रबन्धक, बरिष्ठ सहायक, बरिष्ठ सहायक सहायक र सहयाक (नगद) लगायतका विभिन्न पदमा खुला प्रतियोगिताद्वारा २०७५ चैत २२ गते पदपूर्ति गर्नका लागि विज्ञापन खुला गरेर परीक्षा सञ्चालन गरेको थियो । परीक्षा रद्द भएसँगै २०७५ चैत २२ गते सूचना प्रकाशित गरी पदस्थापन भएका ७४७ जनामध्ये ४०४ कर्मचारीको जागिर गएको हो । सर्वोच्च अदालतबाट मिति २०७७ मंसिर १७ मा भएको फैसला कार्यन्वयन गर्ने सम्बन्धमा लोकसेवा आयोगले उक्त निर्णय गरेको हो ।
आयोगले राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबाट २०७५ चैत्र २२ मा विज्ञापन नम्बर १५÷०७५—७६, १६÷०७५—७६, १९÷०७५—७६, २२÷०७५—७६ र २३÷०७५—७६ आन्तरिक प्रतियोगिता र खुला प्रतियोगिता तथा समावेशी तर्फका विज्ञापन नं २४÷२०७५—७६ देखि ६२÷२०७५—७६ सम्मका लिखित परिक्षहरु आयोगबाट मिति २०७८ असार २१ मा रद्ध गर्ने निर्णय गरको थियो । बैंकले पदपूर्तिका लागि आन्तरिकतर्फ विज्ञापन नम्बर १५÷०७५—७६, १६÷०७५—७६, १९÷०७५—७६, २२÷०७५—७६ र २३÷०७५—७६ का ८६ जना र विज्ञापन नं २४÷२०७५—७६ देखि ६२÷२०७५—७६ सम्म आन्तरिक प्रतियोगिता र खुला प्रतियोगिता तथा समावेशी तर्फ परीक्षा सञ्चालन गरेको थियो । परीक्षा दिएकामध्ये ४०४ जनाको जागिर गएको हो ।

[pdf-embedder url=”https://banijyanews.com/wp-content/uploads/2021/07/supreme-RBB-Kiran-Shresta-Hemraj-subedi.pdf” title=”supreme- RBB Kiran Shresta, Hemraj subedi”]