September 23, 2021, Thursday
७ आश्विन २०७८, बिहीबार

नायिका जेनी कुँवरले गरिन् आत्महत्या

नायिका जेनी कुँवरले गरिन् आत्महत्या

काठमाडौं । नेपाली फिल्म क्षेत्रकी चर्चित नायिका जेनी कुँवरले आत्महत्या गरेकी छिन् । काठमाडौं थापागाउँको सनराइज सिटी अपार्टमेन्टमा परिवार सहित बस्दै आएकी कुँवरले सोही अपार्टमेन्टमा बिहीवार राती आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रहरी निरिक्षक केशर न्यौपानेका अनुसार उनको शव सोही अपार्टमेन्टभित्र भेटिएको हो । प्रारम्भिक अनुसन्धानमा आत्महत्या गरेको प्रहरले अनुमान गरेको छ । घटनाबारे मुचुल्का तयार पार्ने काम भैरहेकोले प्रहरीले केही बताउँन सकेको छैन् ।
प्रहरीले कुवँरको आत्महत्याको कारण डिप्रेसन हुनसक्ने अनुमान गरेको छ । घटनापछि प्रहरीले कुवँरका श्रीमान मनबहादुरसँग सोधपुछका क्रममा उनले डिप्रेसनको औषधि सेवन गर्दे आएको पाएपछि उक्त अनुमान प्रहरीले गरेको हो । प्रहरीले शवलाई पोस्टमार्टमका लागि शिक्षण अस्पताल पठाएको र रिपोर्टपछि बाकी तथ्य बाहिर आउने बताएको छ ।

Advertisement

उनका श्रीमानले प्रहरीलाई दिएको बयान अनुसार एकवर्षदेखि जेनी डिप्रेसनमा थिइन् र औषधि सेवन गरिरहेकी थिइन् । ६ महीना बिपस्यानामा बसेकी जेनीको मानसिक अवस्था कमजोर रहेको परिवारले बताएको छ । उनका श्रीमान घर बाहिर रहेको समय उनले आत्महत्या गरेको हुनसक्ने प्रहरीको दाबी छ । मानवहादुरले पनि प्रहरीसँग आफू चाबहिल गएको बताएका छन् ।

‘जिन्दगानी’ नामक फिल्मबाट अभिनय यात्रा थालेकी कुँवरले अभिमन्यू, कानून, जीवनदाता, मैदान, मलाई माफ गरिदेऊ विन्तिपत्रलगायतका फिल्ममा अभिनय गरेकी छिन् । लामो समय नयाँ दिल्लीमा बिताएकी जेनी फर्किएर नेपाली फिल्मा नै ब्यास्थ हुदै आएकी थिइन् ।

काठमाडौं बानेश्वरकी स्थायी बासिन्दा रहेकी ४६ वर्षिया जेनीका श्रीमान, एक छोरा र एक छोरी छिन् । फिल्ममा नायिकाको प्रस्ताव आउन छाडेपछि उनले आफ्नै लगानीमा फिल्म बनाउने तयारी गरेकी थिइन् । सुरुमा नायिकाको रुपमा खेलेपछि पछिल्लो समय भने उनलाई अफर आउन छाडेको र आफैले फिल्म बनाउने योजनामा थिइन् । काठमाडौं बानेश्वरस्थित ४ आनामा बनेको घर उनकै नाममा थियो र लकडाउनमा उनले उक्त घर निःशुल्क बस्नको लागि उपलब्ध गराएकी थिइन् ।