March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

गुणले किन्यो यतीका पाँच जेटस्ट्रिम विमान, असोजबाट नियमित उडान

गुणले किन्यो यतीका पाँच जेटस्ट्रिम विमान, असोजबाट नियमित उडान

गुण एयरलाइन्सले आगामी असोजबाट धमकेदार पुनरागमन गर्ने भएकोछ । आन्तरिक समस्यका कारण लामो समयसम्म खासै आर्थिक गतिविधी नगरेको गुण समुहले अर्बो लगानी थप्दै पुनरागमनको संकेत दिएको हो ।

Advertisement

बिहीबार यती समूहले ५ बटा जेटस्ट्रिम सिरिजका विमान हस्तान्तरण गरेसँगै गुणले ७ वटा विमानका साथ आन्तरिक उडानमा बलियो उपस्थिति देखाउँने भएको हो । बिहीबार यती समूहका अध्यक्ष ल्हाक्पा सोनाम शेर्पाले गुण समूहका अध्यक्ष शाक्यलाई पाँचवटै जेटस्ट्रिम सिरिजका जहाज हस्तान्तरण गरेका थिए । त्यस अगाडि गुण एयरलाइन्सले हाल २ वटा अमेरिकी बीचक्राफ्ट जहाजबाट पोखरा, भरतपुर, भैरहवा र माउन्टेन फ्लाइट गरिरहेको छ । नयाँ यतिबाट विमान भित्राएपछि बजारमा धमाकेदार पुनारागमन हुने छ ।

Advertisement

गुणले पर्यटन मन्त्रालयबाट उडान संख्या विस्तारको अनुमति पाएसँगै यतीको पाँचवटा जेटिस्ट्रिम जहाज खरिद गरेको गुण समूहका अध्यक्ष राजेन्द्र शाक्यले बताए । ‘हामीहरु उडान अनुमति, आन्तरिक तयारी र विमानको प्राविधिक जाँचको सबै प्रक्रिया पूरा भएपछि असोजबाट नियमित उडान थाल्छौं ।

पाँचैवटा जहाजमार्फत नियमित उडान संचालनका लागि गुण यतिखेर नागरिक उड्डयन प्राधिकरणको एओसी प्रक्रियामा रहेको प्राधिकरणको हवाई सुरक्षा विभागले जानकारी दिएको छ । विभागका अनुसार, पाँच चरणको प्रक्रियामध्ये यतिखेर जहाजको परीक्षण भइरहेको छ । सम्पूर्ण प्रकृया सकेपछि बजारमा गुणको बलियो उपस्थिती रहने छ ।

असोजदेखि सिमरा, भरतपुर, जनकपुर, भद्रपुर, विराटनगर, नेपालगन्ज, तुम्लिङटारलगायतका विभिन्न गन्तव्यमा उडान सेवा विस्तार गर्ने कम्पनीले जनाएको छ । यसका अलावा अन्य विमान थप गरेर देशका दुर्गम क्षेत्रमा समेत उडान गर्ने भएको छ । गुण समुहको घरजग्गा, सुन देखि फिल्म क्षेत्रमा समेत लगानी रहेको छ । पछिल्ला दिनमा केही अप्ठेरोमा रहेको यो समुहले विस्तारै पुरानो लयमा फर्किन बजार कब्जा गर्न थालेको हो ।