April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

नेपाल एसबिआई बैंकद्धारा डिम्याट खाता नवीकरण शुल्क बुझाउन आग्रह

नेपाल एसबिआई बैंकद्धारा डिम्याट खाता नवीकरण शुल्क बुझाउन आग्रह

नेपाल एसबिआई बैंकले आफ्ना हितग्राही खाताधारकहरुलाई डिम्याट खाता सञ्चालन गरेवापत वार्षिक नवीकरण शुल्क बुझाउन आग्रह गरेको छ । बैंकले असान्त मसान्त भित्र वार्षिक नवीकरण शुल्क भुक्तानी गर्न आग्रह गरेको हो । तोकिएको अवधिमा शुल्क भुक्तानी नगर्ने हितग्राहीहरुको डिम्याट खाता सिस्टमबाटै रोक्का हुने समेत जानकारी दिएको छ ।

नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गको कार्यालय हात्तिसार र नेपाल एसबिआई बैंकका शाखा कार्यालयहरु मार्फत डिम्याट खाता खालेका सम्पूर्ण खाताधनीहरुलाई आर्थिक वर्ष २०७७।७८ सम्मको डिम्याट खाता सञ्चालन गरे वापत वार्षिक शुल्क प्रत्येक आवको १०० वार्षिक शुल्क बुझाउन आग्रह गरेको हो ।

खातावालाहरुले कनेक्ट आईपीएस, इ सेवा, प्रभु पे, खल्ती र आइएमई रेमिटबाट अनलाईन भुक्तानी गर्न सक्ने सूचनामा उल्लेख छ । साथै, मेरो शेयर सेवा लिएका हितग्राहीहरुले एक वर्षको ५० रुपैयाँका दरले शुल्क बुझाएर नवीकरण गर्नुपर्नेछ । सेवा सञ्चालनमा आएको एक वर्ष अवधिभित्र नवीकरण नभएमा उक्त सेवा बन्द हुने जारी सूचनामा उल्लेख छ ।

Advertisement