October 25, 2021, Monday
८ कार्तिक २०७८, सोमबार

काठमाडौंमा अवैध लागूऔषध सहित दुई पक्राउ

काठमाडौंमा अवैध लागूऔषध सहित दुई पक्राउ

असार २५, काठमाडौं ।

Advertisement

काठमाडौंमा अवैध लागूऔषध सहित दुई जना पक्राउ परेका छन् । जिल्लाको खिचापोखरी र टेकुबाट २ केजी ८८० ग्राम अवैध लागूऔषध चरेशसहित दुई जनालाई बिहीबार दिउँसाे प्रहरीले पक्राउ गरेको हो ।

Advertisement

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१४ बल्खु बस्दै आएका काभ्रेपलान्चोक नमोबुद्ध नगरपालिका-४ घर भएका २५ वर्षीय अर्जुन लिम्बु र मकवानपुर थाहा नगरपालिका ११ बस्ने ३० वर्षीय राम तामाङ रहेका छन् ।

खिचापोखरीमा लागूऔषधको कारोबार भइरहेको खबर सुनेपछि प्रहरीले अर्जुनलाई २८० ग्राम चरेशसहित पक्राउ गरी सोधपुछ गरेको थियो । सोधपुछ गर्दा अर्जुनले रामसँग खरिद गरेको थाहा पाएपछि रामलाई टेकुबाट २ केजी ६०० ग्राम चरेशसहित फेला पारी पक्राउ गरेको थियो ।