April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

आन्तरिक उडानमा आइतबारबाट कोटा प्रणाली हट्ने

आन्तरिक उडानमा आइतबारबाट कोटा प्रणाली हट्ने

असार २५, काठमाडौं ।

Advertisement

आन्तरिक उडानको कोटा प्रणाली हटाउने निणर्य भएकाे छ । कोटा प्रणाली  हटे पछि आन्तरिक हवाई सेवा प्रदायकहरुले आश्यकता अनुसार उडान गर्न सक्ने छन् ।नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोख्रेलका अनुसार बाढी पहिरोका कारण सडक यातायात प्रभावित भएपछि कोटा प्रणाली हटाइएको हो ।

Advertisement

वायुसेवा कम्पनीहरुले देशभर बाढी र पहिरोका कारण सडक यातायात अवरुद्ध भएको र यात्रुको चाप परेको भन्दै उडान संख्या थप्न माग गर्दै आएका थिए । उडान संख्या कम हुँदा टिकट पनि महङ्गो भएको गुनासो यात्रुहरुले गर्दै आएका छन् ।

सरकारले यसअघि ५० प्रतिशतको सीमा तोकेको थियो ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले एक घण्टामा टंक रुटमा उडान हुने ठूला जहाजको ५ र स्टलमा उडान हुने सानो जहाजको ३ उडान गर्ने निर्णय गरेको थियो ।

सोही अनुसार बुद्धले ३१ उडान पाउँदा यतीले १५, श्रीले ७ र सौर्यको ३ उडान पाएका थिए । यसैगरी, साना जहाज तथा स्टल उडानको हकमा भने ताराले ३, सिताले ३, समिटले ३ र नेपाल एयरलाइन्सले ३ वटा उडान पाउका थिए । अब आइतबारदेखि यो सीमा हट्नेछ।  यद्यपि, विमानस्थलमा तोकिएका स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पूर्ण रुपमा पालना गर्नुपर्नेछ।