October 25, 2021, Monday
८ कार्तिक २०७८, सोमबार

तामाकोसी जलविद्युत् आयोजनाले यसै सातादेखि दोस्रो टर्वाइनबाट विद्युत् उत्पादन गर्ने

तामाकोसी जलविद्युत् आयोजनाले यसै सातादेखि दोस्रो टर्वाइनबाट विद्युत् उत्पादन गर्ने

काठमाडौं । तामाकोसी जलविद्युत् आयोजनाले यसै सातादेखि दोस्रो टर्वाइनबाट विद्युत् उत्पादन गर्ने भएको छ । आयोजनाबाट थप ७६ मेगावाट विद्युत् उत्पादन गरी यसै सातादेखि राष्ट्रिय प्रसारण लाइनमा जोड्ने तयारी गरिएको आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेले बताए । उनका अनुसार आयोजनाले असार भित्रै थप ७६ मेगावाट थपि १५२ मेगावाट विद्युत् राष्ट्रिय प्रसारणमा जोडिनेछ । आयोजनाले भदौ अन्त्यसम्ममा छ वटै टर्वाइनबाट उत्पादित ४५६ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न तयारी गरेको छ ।
आफ्नै खर्चमा आयोजनाले हालै निर्माण सम्पन्न गरेको नेपालकै दोस्रो ठूलो २२०÷१३२ केभी देवीटार सवस्टेसन हुँदै तामाकोसीको ४५६ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण सञ्जालमा जोडिने ओयोजनाले जनाएको छ ।

Advertisement