August 5, 2021, Thursday
२१ श्रावण २०७८, बिहीबार

अमेरिकाले १५ लाख मात्रा खोप नेपाललाई दिने, एक डोज लगाए हुने

अमेरिकाले १५ लाख मात्रा खोप नेपाललाई दिने, एक डोज लगाए हुने

काठमाडौँ, असार २६ गते ।
अमेरिकाले १५ लाख मात्रा खोप नेपाललाई दिने भएको छ । स्वास्थ्य तथा जनसख्या मन्त्रायका अनुसार कोभ्याक्स सुविधाअन्तर्गत जोन्सन एन्ड जोन्सन कम्पनीको उक्त खोप अमेरिकाले नेपाललाई दिने भएको हो । सो खोप सोमबार नेपाल आइपुग्ने स्वास्थ्य मन्त्रालयले जनाएको हो ।
जोन्सनको ‘जेन्सेन एडी २६ सीओभी २’ एक मात्रा लगाए पुग्ने खोप हो ।

जोन्सेन खोप ०.५ एमएलको पाँच मात्रा भएको भाइलमा आउँछ । विश्व स्वास्थ्य सङ्गठनको नीतिअन्तर्गत एउटा भाइलबाट एक मात्रा खोप तानिसकेपछि त्यो भाइललाई २ देखि ८ डिग्री सेल्सियस तापक्रममा ६ घण्टासम्म मात्र राख्नुपर्छ । यो खोप १८ वर्षभन्दा माथि सबै उमेरका व्यक्तिलाई लगाउन सकिन्छ । विश्व स्वास्थ्य सङ्गठनले यो खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिइसकेको छ ।

शुक्रवार मात्र चीनसँग खरिद गरिएको आठ लाख नौ हजार छ सय मात्रा कोरोनाविरुद्धको खोप काठमाडौँ आइपुगेको थियो । चीनको राजधानी बेइजिङबाट खोप लिएर नेपाल एयरलायन्सको वाइडबडी विमान शुक्रबार बिहान साढे ६ बजे काठमाडौँ अवतरण गरेको थियो ।

उक्त खोप टेकुस्थित भण्डारण केन्द्रमा राखिएको छ । सरकारले चीनसँग खरिद गरेको भेरोसेल खोप ५५ वर्ष उमेर समूहका व्यक्तिलाई लगाउने तयारी गरेको छ । चीनसँग नेपाल सरकारले ४० लाखमात्रा भेरोसेल खोप खरिद गरेको हो ।