March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

अर्ध नग्न अवस्थामा सडकमै एक युवतीको शव फेला, बलात्कारपछि हत्या भएको आशंका

अर्ध नग्न अवस्थामा सडकमै एक युवतीको शव फेला, बलात्कारपछि हत्या भएको आशंका

झापाको बिर्तामोडमा आज बिहान अर्ध नग्न अवस्थामा एक युवतीको शव फेला परेको छ । बिर्तामोड नगरपालिका – ५ स्थित पूर्व – पश्चिम राजमार्गको सुगम पेट्रोल पम्म उत्तर २५ वर्षीय युवती सृजना वस्नेत अर्धनग्न अवस्थामा मृत फेला परेकी हुन् ।
सानिमाको घरमा स–परिवार बस्तै आएकी सृजना घरको आगनमा अर्धनग्न अवस्थामा मृत भेटिएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले जानकारी दिए ।

Advertisement

बस्नेत स्थानिय श्रृजनशील बचत तथा ऋण सहकारी संस्थामा कलेक्टरको काम गर्ने गरेको र आफ्नी सानीआमाको घरको माथिल्लो तलामा आमा दाजु सँग बन्दै आएको बताइएको छ ।

Advertisement

स्थानीयबासीले सडकमा युवतीको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनको बलात्कारपछि हत्या भएको आशंका स्थानीयले गरेका छन् । प्रहरीले भने घटनाको अनुसन्धान सुरु गरिएको जनाएको छ । प्रहरीले थप अनुसन्धानका लागि धरानबाट तालिमप्राप्त कुकुर मगाएको जनाएको छ ।