April 16, 2024, Tuesday
४ बैशाख २०८१, मंगलवार

ललितपुर फाइनान्सलाई प्राप्ति गरी नेपाल फाइनान्सले शुरु गर्‍यो एकीकृत कारोबार

ललितपुर फाइनान्सलाई प्राप्ति गरी नेपाल फाइनान्सले शुरु गर्‍यो एकीकृत कारोबार

असार २८, काठमाडौं ।

Advertisement

नेपाल फाइनान्स लिमिटेडले ललितपुर फाइनान्स लिमिटेडसँगको प्राप्ति प्रक्रिया पूरा गरी आइतवारदेखि एकीकृत कारोबार शुरु गरेको छ । दुई कम्पनी एक भई नेपाल फाइनान्स लिमिटेडको नामबाट एकीकृत कारोबार शुरु गरेका हुन् । दुवै कम्पनीले जेठ २८ गते विशेष साधारण सभामार्फत प्राप्ति सम्बन्धी प्रस्ताव पारित गरेका थिए ।

Advertisement

कम्पनीहरुलाई एकीकृत कारोबारका लागि नेपाल राष्ट्र बैंकले असार १५ गते र कम्पनी रजिष्ट्रार कार्यालयले असार १८ गते अन्तिम स्वीकृति दिएसँगै एकीकृत कारोबार शुरु गरेका हुन् ।

नेपाल फाइनान्सले ललितपुर फाइनान्सलाई प्राप्ति गर्न गत पुस २३ गते प्रारम्भिक सम्झौता गरेको थियो । नेपाल फाइनान्सले १ बराबर १ शेयर आदानप्रदान गर्ने सम्झौता बमोजिम ललितपुर फाइनान्सलाई प्राप्ति गरेको हो । रू. ३० करोड ५५ लाख ५१ हजार चुक्तापूँजी भएकोे नेपाल फाइनान्सले रू. २३ करोड ६८ लाख ७४ हजार चुक्तापूँजी रहेको ललितपुर फाइनान्सलाई प्राप्ति गरेको हो ।