April 16, 2024, Tuesday
४ बैशाख २०८१, मंगलवार

एमालेले सर्वोच्च अदालतले गरेको प्रतिनिधिसभा पुर्नस्थापनाको फैसला गलत रहेपनि कार्यान्वयन गर्ने

काठमाडौं– नेकपा एमालेको स्थायी कमिटी बैठकले सर्वोच्च अदालतले गरेको प्रतिनिधिसभा पुर्नस्थापनाको फैसला गलत रहेपनि कार्यान्वयन गर्ने भएको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एक औपचारिक बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा वरिष्ठ नेता माधव नेपालपक्षीय केही नेता समेत उपस्थित थिए ।

वैठकपछि एक नेताले भने, ‘प्रतिनिधिसभा पुनस्थापना सम्बन्धी सम्मानित सर्वोच्च अदालतले गरेको फैसला गलत रहेको बैठकले ठहर गरेको छ । तर यसलाई कार्यान्वयन गरेरै अगाडि बढ्ने अनौपचारिक छलफल भएको उनले बताए ।

उता पाटी प्रबक्ता प्रदिप ज्ञावालीले पनि एमाले लोकतान्त्रिक पाटी भएका कारणले गर्दा निर्णय मान्नुको अर्के विकल्प नभएको बताएका छन् । उनले भोलि बस्ने स्थाई समिति बैंठकले यस सम्बन्धी आधिकारिक निर्णण् गर्ने बताए ।

Advertisement