March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

मङ्गलबार सार्वजानिक बिदा दिने निर्णय

मङ्गलबार सार्वजानिक बिदा दिने निर्णय

भानु नगरपालिकाले भानु जयन्तीको उपलक्ष्यमा मङ्गलबार सार्वजानिक बिदा दिने निर्णय गरेको छ । नेपाली भाषा, साहित्यका धरोहर आदिकवि भानुभक्त आचार्यको सम्मानस्वरुप नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । नगरपालिका स्थित सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय गरेको नगरपालिकाकी उपप्रमुख आशा थापाले जानकारी दिनुभयो । विसं १८७१ असार २९ गते भानु नगरपालिका–४ चुँदी रम्घामा जन्मिनुभएका भानुभक्त आचार्यको विसं १९२५ असोज ६ गते नि धन भएको थियो ।

Advertisement