October 25, 2021, Monday
८ कार्तिक २०७८, सोमबार

एमालेको स्थायी बैंठक बस्दै, सर्वोच्चको फैसलापछि आधिकारी निर्णय आउँदै

एमालेको स्थायी बैंठक बस्दै, सर्वोच्चको फैसलापछि आधिकारी निर्णय आउँदै

काठमाडौं, असार २९ ः सर्वोच्च अदालतको फैसलाबारे औपचारिक निर्णय गर्न नेकपा (एमाले) को स्थायी कमिटीको बैठक बस्ने भएको छ । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका हुन् । सोमबारको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल उपस्थित नभएपछि आजलाई सारिएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो भएको बैठकमा अदालतको आदेशले सरकार बनाउने ठाउँ खोज्न अन्तै जानुपर्ने कल्पना बाहिरको अवस्था सिर्जना भएको ठहर गरिएको थियो । एमालेले विधिको शासन मान्ने भएकाले फैसलालाई कार्यान्वयन गरिने बताएका छन् ।
सोमबार बसेको उपलब्ध सदस्यको बैठकले प्रतिनिधिसभा पुनःस्थापना गराउने सर्वोच्च अदालतको फैसलाले लोकतान्त्रिक प्रणालीका आधारभूत संरचनालाई खल्बल्याउने काम गरेको ठहर गरेको थियो । एमालेले निर्दलीय व्यवस्थालाई जस्केलाबाट छिराउने कोशिश भएको पनि विश्लेषण गरेको छ ।
स्थायी कमिटीको अनौपचारिक बैठकमा एमालेको आन्तरिक विवाद समाधान कार्यदलका नेता डा भीमबहादुर रावलले कार्यदलको प्रतिवेदन अध्यक्ष केपी शर्मा ओलीलाई बुझाएका थिए । दोस्रो तहका १० नेता सम्मिलित कार्यदलले विवाद समाधानका लागि आइतबार १० बुँदे सहमति सार्वजनिक गरेको थियो ।

Advertisement