August 4, 2021, Wednesday
२० श्रावण २०७८, बुधबार

ओलीको ठाडो निर्देशनमा एमालेको स्थायी कमिटि बैठक स्थगित

ओलीको ठाडो निर्देशनमा एमालेको स्थायी कमिटि बैठक स्थगित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष सकृयतामा नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो एक बजे बस्ने भनिएको बैठक स्थगित भएको छ ।

प्रधानमन्त्री ओलीले देशवासीको नाममा सम्बोधन गरेर आज प्रधानमन्त्रीबाट राजिनामा दिने अन्तिम तयारी गरेपछि बैंठक स्थगित भएको हो । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई २८ घण्टाभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न सोमबार परमादेश दिएको थियो । आज स्थायी कमिटीको बैठकपछि केन्द्रिय कमिटीको बैठक तय गरिने जनाएको थियो ।