March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

नर्भिक अस्पतालले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने

नर्भिक अस्पतालले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने

असार २९, काठमाडौं ।

Advertisement

नर्भिक इन्टरनेशनल हस्पिटल प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीमा रुपान्तरण भएको छ । नर्भिक अस्पतालले हालै प्राइभेट कम्पनीबाट आफुलाई पब्लिकमा रुपान्तरण गरेको हो ।

Advertisement

नेपालमा निजी क्षेत्रबाट स्तरीय स्वास्थ्य सेवाको जग बसालेको नर्भिक अस्पतालले भविष्यमा आफ्नो सेवालाई बिस्तार गर्ने र यो कार्यमा जनसहभागितालाई समेत सुनिश्चित गर्ने अवधारणा अन्तर्गत आफूलाई प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीमा रुपान्तरण गरेको जनाएको छ ।

योसँगै नर्भिक अस्पतालको नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज प्रालिबाट रुपान्तरित भई नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेड भएको छ ।

पब्लिक कम्पनीमा रुपान्तरण भएसँगै नर्भिकले भविष्यमा सर्वसाधारणका प्राथमिक निश्कासन (आइपीओ) जारी गर्ने जनाएको छ । नर्भिक अस्पताल नेपालको शेयर बजारमा सूचीकृत हुने
पहिलो अस्पताल तथा मेडिकल कलेज बन्ने गरी काम अगाडि बढेको अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले जानकारी दिए ।