April 20, 2024, Saturday
८ बैशाख २०८१, शनिबार

प्रधानमन्त्रीमा शेरबहादुर देउवा नियुक्त, राष्ट्रपति कार्यालयमा सपथको तयारी

प्रधानमन्त्रीमा शेरबहादुर देउवा नियुक्त, राष्ट्रपति कार्यालयमा सपथको तयारी

असार २९, काठमाडौं ।

Advertisement

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई संविधानको धारा ७६ उपधारा ५ अनुसार प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।

Advertisement

सोमबार सर्वोच्च अदालतले गत जेठमा दोस्रो पटक गरिएको प्रतिनिधि सभा विघटन रद्द गरी कांग्रेस सभापति देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश  जारी गरेको थियो । सो फैसला अनुसार राष्ट्रपति भण्डारीले आज देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।शपथ ग्रहणको तयारी पनि भईरहेको राष्ट्रपति कार्यालयको सचिवालयले जनाएको छ ।

गएको जेठ ७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ उपधारा ५ अनुसार प्रधानमन्त्री पदका लागि दाबी पेश गरेका प्रधानमन्त्री ओली र देउवाको दाबी खारेज गरेको थियो । र सोही रात प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।