October 25, 2021, Monday
८ कार्तिक २०७८, सोमबार

काठमाडौंमा साउन ४ देखि ६ गतेसम्म जोन्सनको खोप लगाइने (खोप केन्द्रसहित)

काठमाडौंमा साउन ४ देखि ६ गतेसम्म जोन्सनको खोप लगाइने (खोप केन्द्रसहित)

असार २९, काठमाडौं ।

Advertisement

कोभ्याक्स सुविधामार्फत् अमेरिकाले दिएको १५ लाखभन्दा बढी डोज जोन्सन एण्ड जोन्सन खोप काठमाडौं जिल्लामा साउन ४ गतेदेखि लगाउने तयारी भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको संयोजकत्वमा आज बसेको समन्वय तथा अनुगमन समितिको बैठकले काठमाडौंका ४४ वटा खोप केन्द्रबाट साउन ४ देखि ६ गतेसम्म जोन्सनको खोप लगाउने निर्णय गरेको हो ।

Advertisement

अमेरिकाबाट हिजो जोन्सन एन्ड जोन्सनको १५ लाख ३४ हजार ८५० डोज खोप नेपाल आइपुगेको हो । कोभ्याक्स सुविधामार्फत अमेरिकाले नेपाललाई उपलब्ध गराएको एक जोड मात्रै दिइने जोन्सन एन्ड जोन्सनको खोप ५० देखि ५४ वर्ष उमेर समूहका नागरिकले पाउने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, पूर्ण र अति अशक्त अपाङ्गता (वर्ग क र ख) भएका नागरिकहरु, नेपालमा बसोबास गरिरहेका शरणार्थी र यसअघि खोप लगाउन छुटेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाइकर्मीलाई उक्त खोप दिइनेछ ।

उपत्यका बाहिरका जिल्लामा आजदेखि नै जोन्सन एण्ड जोन्सन खोप अभियान सुरु गर्ने भनिएको थियो । तर, सम्बन्धित जिल्लामा खोप नपुगेकाले केही दिन पछि धकेलिएको छ । उपत्यकाबाहिर खोप पठाउने काम बाँकी रहेकाले अबको केही दिनमा खोप केन्द्रबारे जानकारी दिइनेछ ।