August 4, 2021, Wednesday
२० श्रावण २०७८, बुधबार

युनियन लाइफको आईपीओमा हालसम्मकै उच्च आवेदन

युनियन लाइफको आईपीओमा हालसम्मकै उच्च आवेदन

असार २९, काठमाडौं ।

युनियन लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओमा हालसम्मकै धेरै किर्तीमानी आवेदन परेको छ। ५८ लाख ५ हजार कित्ता सेयरका लागि २१ लाख ८२ हजार ८ सय ५५ वटा आवेदन परेको सीडीएस एण्ड क्लियरिङ हाउसले जनाएको छ।

५८ लाख ५ हजार कित्ता सेयर प्रतिआवेदन १० कित्ताका दरले भागबण्डा गर्दा साबिकको आवेदकमध्येबाट पाँच लाख ८० हजार ५० जनालाई मात्रै सेयर पर्ने छ। कम्पनीले कुल जारी पूँजी २ अर्ब १५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता सेयर निष्काशनमा ल्याएको हो।

त्यसमध्ये ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५ सय कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरी बाँकी ५८ लाख ५ हजार कित्ता सेयर सर्वसाधारणको लागि बिक्रीमा ल्याएको थियो।