October 25, 2021, Monday
८ कार्तिक २०७८, सोमबार

जनताको जनादेशले होइन अदालतको परमादेशका कारण बाहिरिँदै छु : ओली

जनताको जनादेशले होइन अदालतको परमादेशका कारण बाहिरिँदै छु :  ओली

असार २९, काठमाडौं ।

Advertisement

प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जनादेश नभई सर्वोच्चको परमादेशले बाहिरिन परेको दाबी गरेका छन्। बालुवाटारबाट देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो पक्षमा जनाधार हुँदाहुँदै पनि परमादेशले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएको बताए ।

Advertisement

‘मेरो पक्षमा जनताको जनादेश थियो तर सर्वोच्चको परमादेशले विदा लिँदैछु’, मंगलबार देशवासीका नाममा सम्बोधन गर्दै उनले भने, ‘मलाई चिन्ता छैन। मैले यसकारण पद छोडेको छु, मैले देशको समृद्धि र शुसासनलाई ध्यानमा राखेर काम गरेको छु।’

ओलीले  आवधिक निर्वाचन मार्फत जनताका प्रतिनिधि चयन हुनु र जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुनु सबैभन्दा महत्त्वपूर्ण प्रावधान भएको बताए । उनले जनताका ताजा जनादेशका लागि जनतामा जाने निर्णयलाई निरङ्कुश र कानुन अपव्याख्यामाथि आधारित भएर सरकार बन्ने बनाउने बनाउने परिभाषाले लोकतान्त्रिक प्रणालीलाई गलत दिशातर्फ लान सक्ने चिन्ता व्यक्त गरे ।

विकासको गतिमा असाधारण र अभूतपूर्व काम गरेको दाबी उनले गरे। देशमा चौतर्फी रुपमा विकास र रुपान्तरण गरेको दाबी उनले गरे। ओलीले जाँदाजाँदै दलीय ह्वीप लाग्दैन भन्ने अदालतको व्याख्याले दलीय प्रणालीलाई चुनौति दिने काम गरेको बताए। अदातलको आदेशप्रति आक्रोश व्यक्त गरेका ओलीले फैसलबाट संविधानको संशोधन गरेर पछि फर्कने काम गरेको आरोप लगाए।

‘४६ सालपछि पनि हामीले राजनीतिका विभिन्न स्वरुपहरु देखेका छौ। हाम्रो चिन्ता राजनीतिक जोखिमको हो। सर्वभौमसत्ता जनताको राजनीतिक विषय जोडिएको मुद्दामा अदालतले अत्यन्त संवेदनशिल हुनुपर्ने हो,’उनले भने।

राजनीतिक विषयका मुद्दामा हातै नहाल्ने यसअघि नै अदालतको नजिर रहेको ओलीको दाबी थियो। माग दाबी नभएका विषयमा फैसला दिँदा जटिलता दिने ओलीको भनाई थियो।लोकतन्त्रका लागि आफूले जीवन दिएको बताउँदै ओलीले अदालतको फैसलाप्रति अविश्वास पैदा भयो भने खतरा उत्पन्न हुने चेतावनी दिए।

सबै पक्ष आ–आफ्नो सीमाभित्र मर्यादित र संयमित भए मात्रै लोकतान्त्रिक प्रणाली गतिशील हुन सक्ने ओलीले बताए । उनले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबीचको सन्तुलन अदालतको फैसलाले नराम्ररी खलबलिएको भन्दै ओलीले यसले क्षणिक रूपमा कसैलाई लाभ भए पनि भविष्यमा अर्थहीन हुने टिप्पणी गरे ।