October 25, 2021, Monday
८ कार्तिक २०७८, सोमबार

सबै नागरिकलाई पुग्ने खोपको व्यवस्था गरेको प्रधानमन्त्री ओलीको दाबी

सबै नागरिकलाई पुग्ने खोपको व्यवस्था गरेको प्रधानमन्त्री ओलीको दाबी

असार २९, काठमाडौं ।

Advertisement

प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपालीलाई पुग्ने खोपको व्यवस्था भएको दाबी गरेका छन्। मंगलबार देशवासीका नाममा सम्बोधन गर्दै उनले छोटै समयमा सबै नागरिकलाई पुग्ने खोपको व्यवस्था गरिएको दाबी गरे।

Advertisement

ओलीले १ करोड ५० लाख डोज खोप सुविधा मूल्यमा आएको र आउने क्रममा रहेको बताए । उनले बालबालिकालाई लगाउन मिल्ने ६० लाख डोज खोप समेत खरिद प्रक्रियामा रहेको बताए ।

नेपाल खोप उत्पादक नभएपनि छोटो समयमै आफ्ना नागरिकलाई खोपको व्यवस्था गरेको उनको भनाइ छ। अब लगातार खोप लगाएर सुविधा उपलब्ध गराउने उनले बताए। पहिलो डोज २६ लाख ११ हजार र दोस्रो डोज १० लाख भन्दा बढी मानिसलाई लगाइएको प्रधानन्त्रीले बताए।

ओलीले भारत, चीन, अमेरिका, जापान, अस्ट्रेलिया, कोभ्याक्स सुविधा अन्तर्गत नेपाललाई खोप प्राप्त भएको बताए । ‘अब खोपको अभाव छैन, पर्याप्त छ,’ उनले भने, ‘अब अर्काे सरकारले ल्याइदिएका खोप लगाउन थालेर आजै ल्याएका हुन् कि खोप जस्तो प्रचार गर्दैछन्, मलाई प्रचारको कम्पटिसन गर्नु छैन ।’