April 16, 2024, Tuesday
४ बैशाख २०८१, मंगलवार

देउवा शितलनिवासमाः नेपाल, प्रचण्ड सहितका नेतासित छलफलमा

देउवा शितलनिवासमाः नेपाल, प्रचण्ड सहितका नेतासित छलफलमा

काठमाडौं– राष्ट्रपति कार्यालयले नियुक्तिपत्र सच्चाएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीको शपथ लिन शीतलनिवास पुगेका छन् । यसअघि देउवालाई राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा नै उल्लेख नगरि नियुक्त गरेकी थिइन् । जसको आलोचना भएको थियो । पछि संविधानको धारा ७६ को (५) अनुसार नियुक्त गरिएको भन्ने पत्र पाएपछि देउवा शपथका लागि शीतलनिवास पुगेका हुन् ।
सोमबारको सर्वाेच्च अदालतको संवैधानिक इजलासले गरेको फैसला अनुसार भन्दै संविधानको धारा ७६ को उपधारा (५) उल्लेख नगरी राष्ट्रपतिले नियुक्त गरेपछि देउवाले शपथ नलिने अडान राखेका थिए । कानुनविद्हरूले समेत नियुक्ति नसच्चिएपछि शपथ नलिन देउवालाई सुझाएका थिए ।

अहिले देउवा, पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादव अलग्गै छलफलमा छन् । केहीबेरअघि शीतल निवास पुगेका देउवा प्रचण्ड र नेपालबीच शीतल निवासमै रहेको एक कोठामा छलफल भइरहेको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको भाषाका विषयमा छलफल भइरहेको हो । आजै कांग्रेसका बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की र माओवादीबाट जनार्दन शर्मा तथा पम्फा भुसालले मन्त्रीको शपथ लिँदैछन् । खाडलाई देउवाले गृहमन्त्री बनाउने तयारी गरिएको छ ।

Advertisement