August 4, 2021, Wednesday
२० श्रावण २०७८, बुधबार

ज्योति विकास बैंक बन्ड २०८७’ मा आवेदन दिने बुधावार अन्तिम दिन

ज्योति विकास बैंक बन्ड २०८७’ मा आवेदन दिने बुधावार अन्तिम दिन

काठमाडौं ः ज्योति विकास बैंकको बन्डमा आवेदन दिने बुधबार अन्तिम दिन रहेको छ । ज्योतिले असार २० गतेदेखि १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख इकाई बन्ड बिक्री खुला गरेको छ । यसमध्ये ६ लाख इकाईमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । ज्योतिले ‘९%, १० वर्ष, ज्योति विकास बैंक बन्ड २०८७’ बिक्रीमा ल्याएको हो । जुन बुधवार कार्यलय समय भित्र भर्ने समय सकिने छ ।
बाँकी ९ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थाहरुलाई बिक्री गर्नेछ । यस बन्डमा वार्षिक ९% ब्याज पाइनेछ । यो बन्ड वि.सं २०८७ मा परिपक्क हुनेछ । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गरेको छ ।

बन्डमा प्रतिइकाई १ हजार रुपैयाँको दरले आवेदन दिनुपर्छ । न्यूनतम २५ कित्तादेखि अधिकतम ३० हजार कित्तासम्म भर्न पाइनेछ । यसमा सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ ।