April 18, 2024, Thursday
६ बैशाख २०८१, बिहीबार

सुनको मूल्य ३ सय रुपैयाँले बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

असार ३०, काठमाडौं ।

नेपाली बजारमा आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको छ । हिजो मंगलबार प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य आज ९२ हजार २०० रुपैयाँ रहेको छ ।  चाँदीको मूल्य भने आज घटेको छ । सोमबार प्रतितोला १ हजार ३२० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रूपैयाँले घटेर १ हजार ३१५ रूपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Advertisement