April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

सामाजिक सुरक्षा योजनाको विरोधमा बैंकका कर्मचारी आन्दोलित

सामाजिक सुरक्षा योजनाको विरोधमा बैंकका कर्मचारी आन्दोलित

असार ३०, काठमाडौं ।

Advertisement

बैंक तथा वित्तीय संस्थाका कर्मचारी सामाजिक सुरक्षा कोषका विरोधमा सडकमा उत्रिएका छन्। कोषले यही असार मसान्त सम्ममा कोषमा आवद्ध हुन भन्दै कर्मचारीलाई पत्र लेखेपछि सो समय सकिनै लाग्दा उनीहरु विरोधमा उत्रिएका हुन्। बैंकका कर्मचारीहरुले कुनै पनि हालतमा कोषमा आवद्ध नहुने बताउँदै आएका छन्। सामाजिक सुरक्षा कोष ऐनमा समाविष्ट विभिन्न बुँदाहरूप्रति असहमति तथा विरोध जनाउँदै बैंक तथा वित्तीय संस्थाहरुले केही दिनयता निरन्तर विरोध गर्दै आएका हुन् ।

Advertisement

उनीहरुले बुधबार कोषको विरोधमा र्‍याली गरेका छन्। केही दिनदेखि कालोपट्टी बाँधेर काम गरिरहेका उनीहरुले कोषलाई स्वैच्छिक बनाउन माग गरिरहेका छन्।आईएओ अभिसन्धि १९४९, नागरिकको मौलिक हक, श्रम ऐनको मर्म विपरित बैंक बीमा तथा वित्तीय संस्थाका कर्मचारीहरुको हक कुण्ठित हुने गरी योगदानमा आधारित सामाजिक सुरक्षा योजना ल्याएकाले आफूहरुको असहमति रहेको उनीहरुको भनाइ छ ।

जसको सामाजिक सुरक्षा छैन उसलाई कोषमा लैजानुपर्नेमा जसको पहिलेदेखि नै राम्रो सामाजिक सुरक्षा छ, उसलाई जबर्जस्ती लैजान खोज्ने कोषको कदम गलत भएको उनीहरुको माग छ। बुधबार उनीहरुले राजधानीका विभिन्न स्थानमा प्रदर्शन गरेका छन्। कार्यालय अगाडि पनि विरोधका तुलहरु टाँगेका छन्। मसान्तम ‘रिकभरी’ तिर ध्यान दिनुपर्ने बेलामा आन्दोलन गर्न बाध्य हुनु परेको उनीहरुको गुनासो छ।

उनीहरुका अनुसार, आफ्नो अहिलेसम्म कमाएको पैसा बुझाउनुपर्ने, बुझाएपछि फिर्ता नआउने, पेन्सन आएपनि मूलधन डुब्ने छ। त्यही भएर यसलाई स्वैच्छिक बनाउन उनीहरुले माग गरेका छन्। पहिलो चरणमा उनीहरुले आफ्नो बैंकको व्यवस्थापनलाई विरोधपत्र बुझाएका थिए। उनीहरुको मागको सुनुवाइ नभएपछि आन्दोलन आक्रामक बनाउँदै लगेका हुन्।

सामाजिक सुरक्षा योजनामा जबर्जस्ती सामेल गराउने कार्य रोक्न माग गर्दै सर्वोच्च अदालतमा बैंकिङ क्षेत्रका विभिन्न ६५ जनाले संयुक्त रुपमा रिट निवेदन निवेदन दायर गरेका छन् । विभिन्न बैंकका अतिरिक्त अर्थ मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सामाजिक सुरक्षा कोष लगायतलाई विपक्षी बनाएर दायर रिट निवेदन अदालतमा विचाराधीन छ ।