October 25, 2021, Monday
८ कार्तिक २०७८, सोमबार

देउवा सरकारको प्रवक्तामा ज्ञानेन्द्रबहादुर कार्की नियुक्त

देउवा सरकारको प्रवक्तामा ज्ञानेन्द्रबहादुर कार्की नियुक्त

असार ३०, काठमाडौं ।

मन्त्रिपरिषद्को मंगलबार बेलुकाको बैठकले सरकारका प्रवक्ताको जिम्मेवारी कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई दिएको छ । माओवादीका दुई र कांग्रेसका दुईजना मन्त्री लिएर पहिलो चरणमा मन्त्रिपरिषद् गठन गरेका देउवाले अर्थ मन्त्रीमा जनार्दन शर्मा, उर्जामा पम्फा भुषाल, गृहमा बालकृष्ण खाँड तथा कानुन मन्त्रीमा कार्कीलाई नियुक्त गरेका छन् ।

नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका कार्की नेपाली कांग्रेसभित्र सभापति शेरबहादुर देउवा निकट मानिन्छन् । उनी यसअघि जलस्रोत मन्त्री र अर्थमन्त्रीको जिम्मेवारी वहन गरिसकेका छन् ।

Advertisement