March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

संसद अधिवेशनका लागि देउवाले बोलाए मन्त्रिपरिषद् बैठक

संसद अधिवेशनका लागि देउवाले बोलाए मन्त्रिपरिषद् बैठक

असार ३०, काठमाडौं ।

Advertisement

प्रधानमन्त्री शेर बहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । सिंहदरबारमा दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।

Advertisement

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेसँगै प्रधानमन्त्री बनेका देउवाले संसद अधिवेशन आह्वानका लागि सिफारिस गर्न बैठक बोलाएका हुन् ।

मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रतिनिधिसभाको अधिवेशन आह्वानका लागि सिफारिस गर्नेछ । सोही सिफारिसको आधारमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभाको बैठक बोलाउनेछिन् ।