August 4, 2021, Wednesday
२० श्रावण २०७८, बुधबार

नेपाल राष्ट्र बैंकको मोबाइल एप सार्वजनिक

नेपाल राष्ट्र बैंकको मोबाइल एप सार्वजनिक

नेपाल राष्ट्र बैंकले ‘नेपाल राष्ट्र बैंक मोबाइल एप’ सार्वजनिक गरेको छ । बुधबार आयोजित भर्चुअल कार्यक्रममा डेपुटी गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनाले उक्त मोबाइल एपको गरेकिछिन् । बुधबार आयोजित भर्चुअल कार्यक्रममा डेपुटी गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनाले उक्त मोबाइल एपको शुभारम्भ गरेकी हुन् ।

बैंकको वेबसाइटमा राखिएका नियमित सूचना, जानकारी, विदेशी विनिमय दर, अध्ययन प्रतिवेदन, तथ्यांकलगायतका सामग्रीहरू उक्त एपबाट प्राप्त गर्न सकिनेछ । मोबाइल एपको प्रयोगबाट बैंकसँग सम्बन्धित सूचना र जानकारीप्रति सरोकारवाला तथा सर्वसाधारणको पहुँच अभिवृद्धिमा थप सहयोग पुग्ने बैंकले अपेक्षा राखेको छ ।

बैंकका अनुसार उक्त एप हालको निम्ति ‘बेटा भर्सन’ मा उपलब्ध रहेको छ। प्रयोगकर्ताबाट प्राप्त हुने सुझावको आधारमा यसलाई थप परिस्कृत गर्दै लगिने बैंकले जनाएको छ ।