April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

कांगेस पदाधिकारी बैठक स्थगित, देउवा सत्ता गठबन्धन दलसँग छलफलमा व्यस्त

कांगेस पदाधिकारी बैठक स्थगित, देउवा सत्ता गठबन्धन दलसँग छलफलमा व्यस्त

काठमाडौँ–
नेपाली कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको छ । दिउँसो २ बजेका लागि डाकिएको बैठक शुक्रबार २ बसे बस्ने गरि स्थगित गरिएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको व्यस्ततापछि बैठक स्थगित भएको हो । देउवाले मन्त्रिपरिषद् विस्तार र आफ्नो सरकारलाई विश्वासको मत प्राप्त गर्ने वातावरण बनाउन आन्तरिक एवं बहुपक्षीय छलफलमा लागेका कारण आजको बैंठक स्थगित गर्नु परेको हो ।

सबै पक्षसँगको परामर्शमा संयुक्त सरकार बन्ने अवस्था नआएमा देउवाले चुनावी सरकारको नेतृत्व गर्ने गरी मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेको जनाइएको छ । सर्वोच्च अदालतको परमादेशपछि यही असार २९ गते प्रधानमन्त्री बनेका देउवाले कांग्रेस र माओवादीबाट दुईदुई जना सहभागी गराएर सानो आकारको मन्त्रिपरिषद बनाएका छन् ।

Advertisement