April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

सुन प्रतितोला ५०० रुपैयाँले वृद्धि

असार ३१, काठमाडौं ।
नेपाली बजारमा बिहीबार सुनको मुल्यमा वृद्धि भएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार  सुन प्रतितोला ५०० रुपैयाँले वृद्धि भएको हो । जसअनुसार आज सुन प्रतितोला ९३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । गत बुधबार प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज यता तेजाबी सुनको मूल्य समेत बिहीबार ५०० रुपैयाँले नै वृद्धि हुँदै ९२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।  यता चाँदी भने प्रतितोला ५ रुपैयाँले वृद्धि भएर आज एकहजार ३२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Advertisement