September 28, 2021, Tuesday
१२ आश्विन २०७८, मंगलवार

प्रधानमन्त्री र अमेरिकी राजदूतबीच भेटघाट, अमेरिकाबाट थप खोप आउने

प्रधानमन्त्री र अमेरिकी राजदूतबीच भेटघाट, अमेरिकाबाट थप खोप आउने

असार ३१, काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी राजदूत र्‍यान्डी बेरीबीच भेटवार्ता भएको छ । बिहीबार विहान बुढानिलकण्ठस्थित देउवा निवासमा भएको भेटमा नेपाल–अमेरिका सम्बन्ध सुधारका विषयमा कुराकानी भएको प्रधानमन्त्री देउवाको सचिवालयले जानकारी दिएको छ ।

यसबारे प्रधानमन्त्री देउवाले ट्विट पनि गरेका छन् । भेटघाटमा प्रधानमन्त्री देउवाले बेरीलाई नेपाललाई थप कोरोनाभाइरसविरुद्धको खोप दिन अनुरोध गरेका थिए । बेरीले यसमा सहमति जनाएका छन् । यो भेटसँगै अमेरिकाबाट नेपालका लागि थप कोरोना भ्याक्सिन आउने सम्भावना छ ।

Advertisement