March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

नेको इन्स्योरेन्सको साधारण सभा सम्पन्न, १६.३२ % लाभांश पनि पारित

नेको इन्स्योरेन्सको साधारण सभा सम्पन्न, १६.३२ % लाभांश पनि पारित

असार ३१, काठमाडौं ।

नेको इन्स्योरेन्स कम्पनीको २५ औं वार्षिक साधारण सभा बिहीवार सम्पन्न भएको छ । भर्चुअल माध्यमबाट आयोजित सभाले १५ दशमलव ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ८२ प्रतिशत नगद लाभांश गरेर कुल १६ दशमलव ३२ प्रतिशत लाभांश  वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै सभाले आव २०७६/ ७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ३१ करोड रहेको छ । १५ दशमलव ५० प्रतिशत बोनस शेयर वितरण पछि कम्पनीको पूँजी रू. १ अर्ब ५२ करोड पुगेको छ ।

Advertisement